१३ जेष्ठ २०८१, आइतबार

देशभर थप ३९७ जनामा कोरोना पुष्टि, ३८९ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९१३४ जनामा पिसिआर परिक्षण गर्दा ३५५ जना र १९३२ जनामा एन्टीजेन परिक्षण गर्दा ४७ जना गरी ३९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९७ हजार ४४८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४६९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १२५ जना, ललितपुर जिल्लामा ४२ जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ९३ हजार २८८ पिसिआर परीक्षण भएको छ भने ६ लाख ९० हजार २५८ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८८ लाख ११ हजार ३३२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७५ लाख २० हजार ३४ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६३ लाख ३१ हजार ३६६ मात्र कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !