२२ बैशाख २०८१, शनिबार

देशभर थप ६७९ जनामा कोरोना पुष्टि, १४०५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०७० जनामा पिसिआर परिक्षण गर्दा ५७४ जना र ३८५० जनामा एन्टीजेन परिक्षण गर्दा १०५ जना गरी ६७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४०५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६९ हजार २२४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११६४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २२२ जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख २८ हजार १६३ पिसिआर परीक्षण भएको छ भने ५ लाख ८७ हजार ५६१ एन्टीजेन परीक्षण गरिएको छ भने २५२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३३७ जना आईसीयूमा र १०४ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ७७ लाख १६ हजार ९८५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६३ लाख ५२ हजार ३२२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !