१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको जोखिम कायमै : ११ जिल्लामा अझै ५०० भन्दा बढी सक्रिय संक्रमित


कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ४८ हजार ८०० जना पुगेको छ ।

हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३८९ जना आईसीयूमा र १२१ जना भेन्टिलेटरमा रहेका छन् ।

देशभर ५ वटा प्रदेशका ११ वटा जिल्लामा कोरोनाका ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ को ३, बागमतीको ५, गण्डकीको १, लुम्बिनी र कर्णालीको १/१ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र कर्णालीको सुर्खेतमा ५०० बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसले गर्दा कोरोना भाइरसको जोखिम अझै कायमै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !