१९ बैशाख २०८१, बुधबार

देशभर थप १७५६ जनामा कोरोना पुष्टि, २२७४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७७३ जनामा पिसिआर परिक्षण गर्दा १३५७ जना र ४५६१ जनामा एन्टीजेन परिक्षण गर्दा ३९९ जना गरी १७५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२७४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २३ हजार ४५६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०८०९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४६७ जना, ललितपुर जिल्लामा १२९ जना र भक्तपुर जिल्लामा ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ४६ हजार १८९ पिसिआर परीक्षण भएको छ भने ४ लाख ८१ हजार ८२१ एन्टीजेन परीक्षण गरिएको छ भने २७४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा र २३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४० जना आईसीयूमा र १५६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५४ लाख ७२ हजार ७९३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४७ लाख ९५ हजार ३७३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !