१९ बैशाख २०८१, बुधबार

देशभर थप २००४ जनामा कोरोना पुष्टि, १८४६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६५८ जनामा पिसिआर परिक्षण गर्दा १६१९ जना र ३९९२ जनामा एन्टीजेन परिक्षण गर्दा ३८५ जना गरी २००४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८४६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २१ हजार १८२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०७८६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५४१ जना, ललितपुर जिल्लामा १५२ जना र भक्तपुर जिल्लामा १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ३६ हजार ४१६ पिसिआर परीक्षण भएको छ भने ४ लाख ७७ हजार २६० एन्टीजेन परीक्षण गरिएको छ भने ३०२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा र २३२७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४४ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५४ लाख २५ हजार ८८८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४६ लाख ७७ हजार ९७६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !