१९ बैशाख २०८१, बुधबार

देशभर थप १६६४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्य


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९११७ जनामा पिसिआर परिक्षण गर्दा १५२३ जना र ३१०५ जनामा एन्टीजेन परिक्षण गर्दा १४१ जना गरी १६६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७८६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०७५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४१३ जना, ललितपुर जिल्लामा ८७ जना र भक्तपुर जिल्लामा ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख १५ हजार १४६ पिसिआर परीक्षण भएको छ भने ४ लाख ६८ हजार ९४५ एन्टीजेन परीक्षण गरिएको छ भने ३२९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा र २३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५३७ जना आईसीयूमा र १६४ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५३ लाख ३९ हजार २५२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४४ लाख ५९ हजार ७६१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !