१९ बैशाख २०८१, बुधबार

देशभर थप २२९५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११८९२ जनामा पिसिआर परिक्षण गर्दा १९०२ जना र ४३४१ जनामा एन्टीजेन परिक्षण गर्दा ३९३ जना गरी २२९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८०८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १४ हजार ५२० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०७३० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६६५ जना, ललितपुर जिल्लामा १३८ जना र भक्तपुर जिल्लामा १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ६ हजार २९ पिसिआर परीक्षण भएको छ भने ४ लाख ६५ हजार ८४० एन्टीजेन परीक्षण गरिएको छ भने ३३८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा र २५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६८ जना आईसीयूमा र १६० जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५३ लाख १७ हजार ४८३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४३ लाख ९६ हजार ४०२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !