११ असार २०८१, मंगलबार

कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी : संक्रमितको घट्दै, निको हुने बढ्दै


कोरोना संक्रमण र संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७२५९ जनामा पिसिआर परिक्षण गर्दा १२१४ जना र ३०३८ जनामा एन्टीजेन परिक्षण गर्दा १७४ जना गरी १३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज जम्मा १०२९७ जनामा कोरोना परीक्षण गर्दा १३८८ संक्रमण भनेको संक्रमण हुने दर १३.४८ प्रतिशत हुन्छ ।

यस्तै हिजो पनि देशभर ९४०९ जनामा पिसिआर परिक्षण गर्दा १५१६ जना र ३७६७ जनामा एन्टीजेन परिक्षण गर्दा ३४१ जना गरी १८५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । हिजो जम्मा १३१७६ जनामा कोरोना परीक्षण गर्दा १८५७ संक्रमण भनेको संक्रमण हुने दर १४.०९ प्रतिशत हुन्छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १२ हजार ७१२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

साथै स्वास्थ्य मन्त्रालयका अनुसार हिजो २२२२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १० हजार ४५२ जना पुगेको थियो । नेपालमा कोरोना निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको थियो ।

संक्रमण हुने दर हिजो भन्दा आज ०.६१ प्रतिशतले घटेको छ । तर कोरोना निको हुने दर हिजो भन्दा ०.२ प्रतिशतले बढेको छ । यसले के देखाउछ भने कोरोना संक्रमण हुने दर घटिरहेको छ भने कोरोना निको हुने दर बढिरहेको छ । यो सुखद पक्ष हो ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०७१४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट २७ जनाको मृत्यु भएसंगै हिजोसम्म कोरोना संक्रमणवाट १०६९० जनाको मृत्यु भईसकेको थियो । हिजो पनि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको थियो । यसले के देखाउछ भने कोरोना संक्रमण हुने दर घटेको तर कोरोना निको हुने दर बढेतापनि कोरोना संक्रमणबाट मृत्यु हुने दर भने स्थिर देखिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३१३ जना, ललितपुर जिल्लामा ११४ जना र भक्तपुर जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ९४ हजार १३७ पिसिआर परीक्षण भएको छ भने ४ लाख ६१ हजार ४९९ एन्टीजेन परीक्षण गरिएको छ भने ३४३ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा र ३०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२५ जना आईसीयूमा र १६७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा थप ४८० जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !