१२ आश्विन २०८१, शनिबार

गण्डकी प्रदेशमा एकैदिन १२ जनाको मृत्यु, ४९६ जना संक्रमित


नेपाल कोरोना मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १२ जनाको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १२५९ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस अवधिमा मृत्यु हुनेमा कास्कीका ७ जना, स्याङ्जाका २ जना तथा पर्वत, तनहुँ र बागलुङका १/१ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना संक्रमित थपिएका छन् भने ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ३९८ जना रहेको छ भने होम आइसोलेसनमा ४ हजार ८ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !