११ बैशाख २०८१, मंगलबार

प्रदेश नं १ मा बढ्यो कोरोना संक्रमण, थपिए ११४४ नयाँ संक्रमित


प्रदेश १

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ११४४ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

आज थपिएका संक्रमितहरूमा १९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६/१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुई/दुई, ताप्लेजुङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ ।

सो अवधिमा प्रदेशमा आज ३९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !