१४ बैशाख २०८१, शुक्रबार

देशभर थप २४४५ जनामा कोरोना पुष्टि, १२५८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८३३ जनामा पिसिआर परिक्षण गर्दा १६४२ जना र ३८३१ जनामा एन्टीजेन परिक्षण गर्दा ८०३ जना गरी २४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४९ हजार ७४३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९५८३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ७७ हजार ५१८ पिसिआर परीक्षण भएको छ भने २ लाख ६६ हजार ६६२ एन्टीजेन परीक्षण गरिएको छ भने ३०४ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ३३४ जना होम आइसोलेसनमा र २५०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६४ जना आईसीयूमा र १५५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !