९ जेष्ठ २०८१, बुधबार

देशभर थप १८७५ जनामा कोरोना पुष्टि, २१६४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८५८ जनामा पिसिआर परिक्षण गर्दा १३१० जना र ३२०८ जनामा एन्टीजेन परिक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४८ हजार ३६२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३० हजार ४०७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९५२७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ पिसिआर परीक्षण भएको छ भने २ लाख ५९ हजार ८३१ एन्टीजेन परीक्षण गरिएको छ भने ३३७ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५८३ जना आईसीयूमा र १७६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !