११ जेष्ठ २०८१, शुक्रबार

देशभर थप २३९८ जनामा कोरोना पुष्टि, २०७८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०५८ जनामा पिसिआर परिक्षण गर्दा १६३९ जना र ३९५४ जनामा एन्टीजेन परिक्षण गर्दा ७५९ जना गरी २३९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४५ हजार ७८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख २३ हजार १०५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९४१२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ३० हजार २२२ पिसिआर परीक्षण भएको छ भने २ लाख ४२ हजार ६२६ एन्टीजेन परीक्षण गरिएको छ भने २९९ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २७२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५८६ जना आईसीयूमा र १८२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !