९ जेष्ठ २०८१, बुधबार

देशभर थप २६३४ जनामा कोरोना पुष्टि, १५६५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५०३ जनामा पिसिआर परिक्षण गर्दा १७१८ जना र ५०८२ जनामा एन्टीजेन परिक्षण गर्दा ९१६ जना गरी २६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ३९ हजार ९१० जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९२६३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ८३ हजार ५४४ पिसिआर परीक्षण भएको छ भने २ लाख १३ हजार ३५८ एन्टीजेन परीक्षण गरिएको छ भने ३३० जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २२ हजार ९६९ जना होम आइसोलेसनमा र २८५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६७ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !