६ जेष्ठ २०८१, आइतबार

देशभर थप २८९२ जनामा कोरोना पुष्टि, ३५९७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१८७ जनामा पिसिआर परिक्षण गर्दा १८८९ जना र ४३८१ जनामा एन्टीजेन परिक्षण गर्दा १००३ जना गरी २८९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५९७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ९६ हजार १३२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९११२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ४४ हजार १३३ पिसिआर परीक्षण भएको छ भने १ लाख ८८ हजार ८११ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ५६१ जना रहेको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२७ जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !