२० बैशाख २०८१, बिहिबार

एकैदिन ८१६७ जनामा कोरोना पुष्टि, ५४५५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७९७१ जनामा पिसिआर परिक्षण र ५७७ जनामा एन्टीजेन परिक्षण जम्मा १८५४८ जनामा परीक्षण गर्दा ८१६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ४८५६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २७ लाख ५१ हजार ४८१ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ७४० जना रहेको छ भने ६७५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख १ हजार ७७१ जना होम आइसोलेसनमा र ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !