४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक अदालतका न्यायाधीशको निधन


बासुदेव लाल श्रेष्ठ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार टेकु अस्पतालमा उपचाररत श्रेष्ठको हिजो बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल निवासी उनी दुई साताअघि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणबाट न्यायपालिकाका कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भए पनि न्यायाधीशको निधन भएको पहिलो घटना हो । श्रेष्ठका श्रीमती र एक छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !