१४ बैशाख २०८१, शुक्रबार

एकैदिन ९३०५ जनामा कोरोना पुष्टि, ४४४४ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०३६२ जनामा पिसिआर परिक्षण गर्दा ९२३८ जना र ४२४ जनामा एन्टीजेन परिक्षण गर्दा ६७ जना गरी जम्मा ९३०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १२२ हजार ४१६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ४२५२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २६ लाख ९३ हजार ८८ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ भने ५१७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !