१८ बैशाख २०८१, मंगलबार

एकैदिन ९४८३ जनामा कोरोना पुष्टि, ५२२५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०५९६ जनामा पिसिआर परिक्षण र ७२० जनामा एन्टीजेन परिक्षण गरी जम्मा २१३१६ जनामा परिक्षण गर्दा जम्मा ९४८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ७९ जना र अन्य समयमा १४६ जना गरी २२५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ४०८४ नाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २६ लाख ७२ हजार ७२६ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ९७००८ जना रहेको छ भने ४४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !