१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा कोरोना कहर : कैलालीमा संक्रमणबाट थप ६ जनाको मृत्यु


मृत्यु

धनगढी । सुदूरपश्चिम पदेशमा समुदाय स्तरमा कोरोना फैलिएर संक्रमणको स्थिति भयावह हुँदै जानुका साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ ।

कैलाली जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणवाट धनगढी उपमहानगरपालिका-७ की ७७ वर्षीया महिलाको आज मंगलबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणवाट धनगढी उपमहानगरपालिका-१३ का २२ वर्षीय पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलाली स्रोतले जानकारी दिएको छ ।

ती महिलाको गत वैशाख १२ गते पीसीआर रिर्पोट पोजेटिभ आएको थियो भने पुरुषको हिजो सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ निवासी ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । एन्टिजेन बिधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनको आज मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।

त्यस्तै दार्चुलाको मालिकार्जुन गाउंपालिका-८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेन बिधिबाट परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो ।

यसका साथै बझाङ घर भएका २६ वर्षीय पुरुषको पनि वैशाख १४ गते एन्टिजेन बिधिबाट परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा सोमबार राति साढे १० बजे मृत्यु भएको जनाइएको छ ।

साथै सेती प्रादेशिक अस्पतालमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ । हिजो सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएकोमा राति २ बजे उपचारको क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !