२१ बैशाख २०८१, शुक्रबार

आज मंगलबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४६७२ जनामा पिसिआर परिक्षण गर्दा ४३६४ जना र १००९ जनामा एन्टीजेन परिक्षण गर्दा १६० जनामा गरी जम्मा ४५२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१९४ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ३२ हजार ८९ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २६२२५ जना रहेको छ भने ५८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६०२ जना, ललितपुर जिल्लामा २४० जना र भक्तपुर जिल्लामा १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ३, उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ८६, संखुवासभामा ६ र सुनसरीमा ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १७९ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा २७, पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १७८ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र १६०२, काभ्रेपलान्चोकमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ११, भक्तपुरमा १२४, मकवानपुरमा ७२, रसुवामा १, रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २२०७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १२९ , गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४, पर्वतमा ४, मुस्ताङमा २, म्याग्दीमा ८, बागलुङमा ८, लमजुङमा ६ र स्याङजामा १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा २१४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३, कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्युठानमा ८, बर्दियामा ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १३६८ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ९, मुगुमा २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ११६ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटीमा १, दार्चुलामा १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १०२ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !