२० बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा, निजी र सार्वजनिक यातायात दुवै बन्द


काठमाडौं उपत्यका

काठमाडौँ । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिने भएको छ । आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको हो ।

सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने निर्णय भएको हो ।

स्रोतका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !