१९ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, केही बेरपछि संयुक्त धारणा सार्वजनिक गर्ने


काठमाडौँ

काठमाडौँ । दिनप्रति दिन कोरोना भाइरस बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । यस विषयमा सोमबार बिहान मात्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको हो ।

स्रोतका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ । यस विषयमा केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !