२१ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा २६१८ जनामा कोरोना संक्रमण पुष्टि, ३६८ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५२५ जनामा पिसिआर परिक्षण गर्दा २४८६ जना र ११४३ जनामा एन्टीजेन परिक्षण गर्दा १३३ जनामा गरी जम्मा २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७७ हजार १२३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१३६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ९५ हजार ७२५ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १६८२८ जना रहेको छ भने ७१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !