२१ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ८७९८ जनामा पिसिआर परिक्षण गर्दा २४४९ जना र ८६६ जनामा एन्टीजेन परिक्षण गर्दा ११० जनामा गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ । हालसम्म नेपालमा २३ लाख ८८ हजार २०० को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १४७२४ जना रहेको छ भने ७५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !