१३ जेष्ठ २०८१, आइतबार

चितवनमा कोरोना संक्रमणवाट १ जना महिलाको मृत्यु


चितवन मेडिकल कलेज

चितवन । कोरोना भाइरस कोभिड-१९ का कारण १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु