७ बैशाख २०८१, शुक्रबार

कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइदै : सरकारले तोक्यो २३ खोप केन्द्र


कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइदै

काठमाडौँ । उत्तरी मित्रराष्ट्र चीनद्वारा अनुदानस्वरुप प्रदान गरिएको खोप आज बुधबारदेखि लगाइदै छ । सरकारले कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि काठमाडौं उपत्यकाका १४ स्थानका स्वास्थ्य संस्थालाई तोकेको छ ।

चीनबाट अनुदानमा ल्याइएको कोभिड-१९ विरुद्धको सिनोफार्म खोप आजदेखि लगाउन थालिने भएको हो । खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्ति र समूहको प्राथमिकीकरण गरेर मन्त्रालयले तोकेका २३ वटा केन्द्रबाट खोप लगाइने भएको छ ।

मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको छ ।

खोप लगाउन निवेदन दिएका संघसंस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने भएको छ । सरकारले आपतकालिन प्रयोगका लागि चिनियाँ खोप प्रयोगमा ल्याएको हो ।

यी हुन् सरकारले तोकेका २३ खोप केन्द्रहरु

१. वीर अस्पताल, काठमाडौँ

२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँ

३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँ

४. निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौँ

५. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौँ

६. परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौँ

७. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर

८. वीरेन्द्र अस्पताल छाउनी, काठमाडौँ

९. एपीएफ अस्पताल, बलम्बु, काठमाडौँ

१०. नेपाल प्रहरी अस्पताल, पानी पोखरी, काठमाडौँ

११. काठमाडौँ मेडिकल कलेज, सिनामंगल, काठमाडौँ

१२. नेपाल मेडिकल कलेज, अत्तर खेल, काठमाडौँ

१३. ओम अस्पताल रिसर्च सेन्टर, चावहिल, काठमाडौँ

१४. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी, काठमाडौँ

१५. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर

१६. किष्ट मेडिकल कलेज, ललितपुर

१७. आनन्दवन अस्पताल, ललितपुर

१८. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी, भक्तपुर

१९. भक्तपुर अस्पताल, भक्तपुर

२०. धुलिखेल अस्पताल, काभ्रेपलान्चोक

२१. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक

२२. त्रिशुली अस्पताल, नुवाकोट

२३. जिल्ला अस्पताल, रसुवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !