७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२४३ जनामा पिसिआर परिक्षण गर्दा २६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार ४५५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ३०३६ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १९७९ जना रहेको छ भने ६९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट २०७७, चैत्र २४


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !