२१ बैशाख २०८१, शुक्रबार

होली घरमै मनाऔं, भीडभाड नगरौं : स्वास्थ्य मन्त्रालय


होली

काठमाडौँ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यस वर्षको नेपालीहरुको धार्मिक पर्व होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ ।

आज बुधबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको दर धेरै बढेमा सोलाई नियन्त्रण गर्न पुन: लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेका हुन् ।

अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले कोरोना संक्रमितको संख्या बढ्दै गएको बताए ।

उनले लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य नभएपनि सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने भएकोले संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्नेमा सवै नेपाली नागरिकलाई संचेत गराए ।

उनले आउन लागेको नेपालीहरुको धार्मिक पर्व होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह समेत गरे । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।

सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिइ सकेको छ ।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । होलीमा बढी भीडभाड नगर्न भनिएको छ ।

यो पनि पढ्नुहोस्

क्वारेन्टिन र आइसोलेसनको विवरण संकलन गर्न थाल्यो गृह मन्त्रालय

स्वास्थ्य मन्त्रालय भन्छ, ‘कोरोना संक्रमण धेरै बढेमा पुन: लकडाउन हुनसक्छ’

७७ वटै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन तयार राख्‍न गृह मन्त्रालयको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !