५ जेष्ठ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि, ९४ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ९४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७१ हजार ४९५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा जम्मा २७९० पीसीआर परिक्षण भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३०१४ पुगेको छ ।

आजसम्म निको हुने दर ९८.६ प्रतिशत रहेको छ । काठमाडौँमा ३४ नयाँ सङ्क्रमित फेला परेका छन् । हालसम्म २२ लाख २१ हजार ५१२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७६ हजार २४४ परीक्षण भएको बताइएको छ ।

हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५१ रहेको बताइएको छ । सरकारले देशभरमा हाल कोभिडविरुद्धको खोप लगाइरहेको छ । आजसम्म खोप लगाउनेको सङ्ख्या १६ लाख पाँच हजार ७०६ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !