१५ बैशाख २०८१, शनिबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म २० लाख ६० हजार ८६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३२०३ जना आइसोलेसनमा रहेकामध्ये ९६१ संस्थागत आइसोलेसनमा र २२४२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११३ जना रहेका छन् ।

२१३ जना कोरोना संक्रमितमध्ये १२५ जना पुरुषहरु र ८८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७९ जना पुरुषहरु र ४४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १०७ जना, ललितपुर जिल्लामा १० जना र भक्तपुर जिल्लामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६५ हजार ३६५ जना पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, मोरङमा १, सुनसरीमा १ र सोलखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ५ रहेको छ ।

प्रदेश २

प्रदेश २ को सप्तरीमा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १०७, काभ्रेपलान्चोकमा २, चितवनमा १५, दोलखामा १, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ६, मकवानपुरमा १, रसुवामा १, र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १४७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १२, गोरखामा २, तनहुँमा ४, नवलपरासी पूर्वमा २, पर्वतमा १, लम्जुङमा १, बाग्लुङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा २४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ७, बाँकेमा ५ र रुपन्देहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ३० रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जुम्लामा १ जनामा कोरोना संक्रमित देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १ जना रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको बझाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ५ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !