नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त Nepalpatra नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त
८ माघ २०७७, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५९ हजार ३५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज ५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार ९३२ पुगेको छ । देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको छ । २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !