५ आश्विन २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५८ हजार ४४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ८२ हजार २४६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४४२२ जना आइसोलेसनमा रहेकामध्ये ३२४३ संस्थागत आइसोलेसनमा र ११७९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९७ जना रहेका छन् ।

२५९ जना कोरोना संक्रमितमध्ये १६० जना पुरुषहरु र ९९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७८ जना पुरुषहरु र ४८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ९९ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !