४ आश्विन २०८१, शुक्रबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ४२ हजार ७०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५७११ जना आइसोलेसनमा रहेकामध्ये ३४७७ संस्थागत आइसोलेसनमा र २२३४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४१९ जना कोरोना संक्रमितमध्ये २४५ जना पुरुषहरु र १७४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७६ जना पुरुषहरु र ६८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १२४ जना, ललितपुर जिल्लामा २५ जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार ८५७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७० पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा ७, भोजपुरमा १, मोरङमा १५ र सुनसरीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ३४ रहेको छ ।

प्रदेश २

प्रदेश २ को बारामा १ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १२४, काभ्रेपलान्चोकमा ९, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ५, मकवानपुरमा ४, रामेछापमा ८, ललितपुरमा २५, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १८९ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा २, तनहुँमा २, पर्वतमा ३, म्याग्दीमा ५, लमजुङमा २, बागुलङमा ५ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ६२ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ८, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १३, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १४ र रुपन्देहीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ६९ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १, दैलेखमा ३ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ६ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २२, डडेल्धुरामा १, दार्चुलामा ५, बझाङमा ४ र बैतडीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !