६ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १२४ जना, ललितपुर जिल्लामा २५ जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ४२ हजार ७०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५७११ जना आइसोलेसनमा रहेकामध्ये ३४७७ संस्थागत आइसोलेसनमा र २२३४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४१९ जना कोरोना संक्रमितमध्ये २४५ जना पुरुषहरु र १७४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७६ जना पुरुषहरु र ६८ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार ८५७ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !