१२ आश्विन २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६०४८ जना आइसोलेसनमा रहेकामध्ये ३१५८ संस्थागत आइसोलेसनमा र २८९० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४२६ जना कोरोना संक्रमितमध्ये २७३ जना पुरुषहरु र १५३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९५ जना पुरुषहरु र ७२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १३४ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार १०७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !