काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २२५ जना, ललितपुर जिल्लामा ४९ जना र भक्तपुर जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६३०० जना आइसोलेसनमा रहेकामध्ये ३४७७ संस्थागत आइसोलेसनमा र २८२३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।
५११ जना कोरोना संक्रमितमध्ये ३०७ जना पुरुषहरु र २०४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १८३ जना पुरुषहरु र १२९ जना महिलाहरु रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५१ हजार ९१२ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९८ जनामा कोरोना संक्रमण पुष्टि