६ जेष्ठ २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४३४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ५ हजार ८२६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६७४९ जना आइसोलेसनमा रहेकामध्ये ३४०० संस्थागत आइसोलेसनमा र ३३४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

५०० जना कोरोना संक्रमितमध्ये २८७ जना पुरुषहरु र २१३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १५० जना पुरुषहरु र ११७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २०९ जना, ललितपुर जिल्लामा ४२ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८४० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४९ हजार १३२ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१९ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १३ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा २, बारामा १ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ४ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा २०९, काभ्रेपलान्चोकमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३०५ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा ४, लमजुङमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ५८ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रुपन्देहीमा २८ र रोल्पामा १,जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १०३ रहेको छ ।

कर्णाली प्रदेश

विगत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नदेखिएको मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४, डडेल्धुरामा १ र बझाङमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १७ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !