काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७८० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ८८४० जना आइसोलेसनमा रहेकामध्ये ३४७६ संस्थागत आइसोलेसनमा र ५३६४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२१ जना रहेका छन् ।
७१० जना कोरोना संक्रमितमध्ये ४०४ जना पुरुषहरु र ३०६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १७८ जना पुरुषहरु र १०३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २२४ जना, ललितपुर जिल्लामा ३८ जना र भक्तपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ११७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७७ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्