काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७११७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ४३ हजार ५८१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९८८१ जना आइसोलेसनमा रहेकामध्ये ३७७८ संस्थागत आइसोलेसनमा र ६१०३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४५७ जना रहेका छन् ।
९३६ जना कोरोना संक्रमितमध्ये ५८५ जना पुरुषहरु र ३५१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २६४ जना पुरुषहरु र १७४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ८६ जना र भक्तपुर जिल्लामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १९९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३८ हजार ५६९ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३० पुगेको पुष्टि भएको छ ।
प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण
प्रदेश १
प्रदेश १ को इलाममा ५, उदयपुरमा १, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ११० रहेको छ ।
प्रदेश २
प्रदेश २ को धुनषामा ३, पर्सामा १, बारामा २, सर्लाहीमा १ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ९ रहेको छ ।
बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौंमा ३१०, काभ्रेपलान्चोकमा ३१, चितवनमा १६, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ५२४ रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७ र बाग्लुङमा ६ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ११३ रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा १६, बर्दियामा ५, बाँकेमा २७ र रुपन्देहीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १०१ रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा १, रुकुम पश्चिममा २ र सुर्खेतमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १२ रहेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धरामा ३, डोटीमा १, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ६७ रहेको छ ।
यो पनि पढ्नुहोस्
२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?