२६ पुस २०८१, शुक्रबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ३६ हजार ४६४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १०९५५ जना आइसोलेसनमा रहेकामध्ये ३६१५ संस्थागत आइसोलेसनमा र ७३४० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७१ जना रहेका छन् ।

८२१ जना कोरोना संक्रमितमध्ये ५०४ जना पुरुषहरु र ३१७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९१ जना पुरुषहरु र १४२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २४६ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१६ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सुनसरीमा ३३ र सोलुखुम्बुमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १३४ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १ र सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १५ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा २४६, काभ्रेपलान्चोकमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३९४ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ९५ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, नवलपरासीमा १, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रुपन्देहीमा ३५ र रोल्पामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १०३ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ५ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ७५ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !