३ असार २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १०९९४ जना आइसोलेसनमा रहेकामध्ये ४७६२ संस्थागत आइसोलेसनमा र ६२३२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१६ जना रहेका छन् ।

८३० जना कोरोना संक्रमितमध्ये ५०० जना पुरुषहरु र ३३० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९८ जना पुरुषहरु र १५० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २५८ जना, ललितपुर जिल्लामा ६५ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १५०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३५ हजार ७३१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सुनसरीमा १० र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ८२ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ४ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र २५८, काभ्रेपलान्चोकमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३९३ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १०० रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुम पूर्वमा १, रुपन्देहीमा २३ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ६७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा २, दैलेखमा ६, रुकुम पश्चिममा ८, सल्यानमा ६ र सुर्खेतमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ४० रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १४४ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !