३ असार २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२४२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख २५ हजार ८६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ११६७३ जना आइसोलेसनमा रहेकामध्ये ४७४१ संस्थागत आइसोलेसनमा र ६९३२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१९ जना रहेका छन् ।

८९९ जना कोरोना संक्रमितमध्ये ५४७ जना पुरुषहरु र ३५२ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८६ जना पुरुषहरु र १९६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३८१ जना, ललितपुर जिल्लाका ६९ जना र भक्तपुर जिल्लाका ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १३५९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३४ हजार २३१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६८९ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, झापामा २९, भोजपुरमा १, मोरङमा ८, संखुवासभामा ३ र सुनसरीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ६८ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ४, पर्सामा १, बारामा १, महोत्तरीमा ५, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १८ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ३८१, काभ्रेपलान्चोकमा ९, चितवनमा ३, दोलखामा ३, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा ३२, मकवानपुरमा १४, रसुवामा ३, रामेछापमा ३, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ५३५ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ३, तनहुँमा २०, नवलपरासी पूर्वमा २०, पर्वतमा २, बागलुङमा १ र स्याङजामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ११८ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा ११, बाँकेमा ३३, रुपन्देहीमा २१ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १०५ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको सल्यानमा १ र सुर्खेतमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ८ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ३, कैलालीमा ४, डडेल्धुरामा ७, डोटीमा १, बझाङमा ३ र बैतडीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ४७ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !