काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३२८ जना, ललितपुर जिल्लामा ५१ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख १३ हजार २०४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२३८६ जना आइसोलेसनमा रहेकामध्ये ४६६५ संस्थागत आइसोलेसनमा र ७७२१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१५ जना रहेका छन् ।
१२१७ जना कोरोना संक्रमितमध्ये ७७४ जना पुरुषहरु र ४४३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २४४ जना पुरुषहरु र १६० जना महिलाहरु रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा १०६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना संक्रमण पुष्टि