२५ पुस २०८१, बिहीबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२८६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ५ हजार ९७२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२२४५ जना आइसोलेसनमा रहेकामध्ये ४६३६ संस्थागत आइसोलेसनमा र ७६०९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।

१०५६ जना कोरोना संक्रमितमध्ये ६७० जना पुरुषहरु र ३८६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८८ जना पुरुषहरु र २१४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३९३ जना, ललितपुर जिल्लाका ७५ जना र भक्तपुर जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १४८३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३० हजार ५३७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १५, उदयपुरमा ४, झापामा २६, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा २३, संखुवासभामा ४, सुनसरीमा १३ र सोलुखुम्बुमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ९५ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ६, पर्सामा ४, बारामा ४, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ३९३, काभ्रेपलान्चोकमा ३, चितवनमा ३६, दोलखामा १, धादिङमा ५, नुवाकोटमा २८, भक्तपुरमा ३९, मकवानपुरमा ८, रसुवामा १३, रामेछापमा १, ललितपुरमा ७५ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ६०४ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ८४, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा १०, बागलुङमा ५ र स्याङजामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १२७ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ३, दाङमा ७, नलवपरासीमा ७, पाल्पामा ५, प्यूठानमा ४, बर्दियामा १५, बाँकेमा २० र रुपन्देहीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १०९ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जुम्लामा ३, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ७ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा १, कैलालीमा ६, डडेल्धुरामा २२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ६ र बैतडीमा ५ कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ८८ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !