९ जेष्ठ २०८१, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६२८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ९० हजार ७३९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२९४८ जना आइसोलेसनमा रहेकामध्ये ४८८८ संस्थागत आइसोलेसनमा र ८०६० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२७ जना रहेका छन् ।

१०१४ जना कोरोना संक्रमितमध्ये ६४४ जना पुरुषहरु र ३७० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २५४ जना पुरुषहरु र १८८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३४४ जना, ललितपुर जिल्लाका ६७ जना र भक्तपुर जिल्लाका ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १७५२ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु