२१ बैशाख २०८१, शुक्रबार

कास्कीको पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

पोखरा, कार्तिक ९ । गण्डकी प्रदेश कास्की जिल्लाको पाेखरामा थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १ बजे एक प्रेस बिज्ञप्ति गरी गर्दै ३ जनाको कोरोना संक्रमणवाट मृत्यु पुष्टि गरेका छन् । मृत्यु भएकाहरुमा २ जना महिलाहरु र १ जना पुरुष रहेका छन् ।

कोरोना संक्रमणवाट मृत्यु हुनेहरुको विवरण

१. कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ की ६६ बर्षीय कोरोना संक्रमित महिलाको मंसिर २१ गते बिहान ५:२१ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । उनलाई मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा श्वास-प्रश्वासको समस्या रहेको थियो ।

२. लम्जुङ जिल्ला, बेसीशहर नगरपालिका-११ का ४३ बर्षीय कोरोना संक्रमित महिलाको हिजो मंसिर २० गते मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । उनलाई मंसिर ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा डायबेटिजको समस्या पनि रहेको थियो ।

३. कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ३४ बर्षीय कोरोना संक्रमित पुरुषको हिजो मंसिर २० गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । उनलाई मंसिर ७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको साथै मृगौला रोग र हाइपरटेन्सनको समस्या पनि रहेको थियो ।

४. कास्की जिल्ला, पोखरा महानगरपालिका-१ का ७५ बर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान १०:४५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । उनलाई मंसिर १५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको साथै निमोनिया, मृगौला रोगको समस्या पनि रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !