काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४५५ जना, ललितपुर जिल्लामा ८० जना र भक्तपुर जिल्लामा २६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ६३ हजार ९१९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५७६६ जना आइसोलेसनमा रहेकामध्ये ५४९५ संस्थागत आइसोलेसनमा र १०२७१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५७६ जना रहेका छन् ।
१३४३ जना कोरोना संक्रमितमध्ये ८०९ जना पुरुषहरु र ५३४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३११ जना पुरुषहरु र २५० जना महिलाहरु रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २० हजार २७२ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७२३ जनामा कोरोना संक्रमण पुष्टि