१२ बैशाख २०८१, बुधबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७२३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५३१ जना, ललितपुर जिल्लामा १३४ जना र भक्तपुर जिल्लामा ५८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३०० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ५४ हजार ६३० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६५४७ जना आइसोलेसनमा रहेकामध्ये ५८०६ संस्थागत आइसोलेसनमा र १०७४१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०५ जना रहेका छन् ।

१४९० जना कोरोना संक्रमितमध्ये ९२५ जना पुरुषहरु र ५६५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३९८ जना पुरुषहरु र ३२५ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १८ हजार १६१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !