७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ६३ हजार ९१९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५७६६ जना आइसोलेसनमा रहेकामध्ये ५४९५ संस्थागत आइसोलेसनमा र १०२७१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५७६ जना रहेका छन् ।

१३४३ जना कोरोना संक्रमितमध्ये ८०९ जना पुरुषहरु र ५३४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३११ जना पुरुषहरु र २५० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४५५ जना, ललितपुर जिल्लाका ८० जना र भक्तपुर जिल्लाका २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २० हजार २७२ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !